बैशाख २४, २०८२ बुधबार

बिर्तामोड र भद्रपुर भेट्रानको फाइनलमा

झापा । सातौँ धाइजन- चारआली भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड भेट्रान र भद्रपुर भेट्रानले भिड्ने भएका छन् ।

नवकालिका खेलमैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले दमक लखनपुर भेट्रानलाई र भद्रपुरले विराटनगरको सिएमजी स्वास्थ्य क्लबलाई पराजित गरेपछि फाइनल भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा बिर्तामोडले १-० गोलको संघर्षपूर्ण जीतबाट फाइनल यात्रा तय गरेको हो । उसका लागि दोस्रो हाफको २३औँ मिनेटमा प्रेमकुमार लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा भद्रपुरले टाइब्रेकरमा बाजी मार्यो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा २ १ गोलले विराटनगरलाई पाखा लगाउँदै फाइनल खेलका लागि दाबेदारी सावित गर्यो ।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ । धाइजन चारआली भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ६१ हजार र उपविजेताले ४१ हजार पाउनेछ । प्रतियोगिताको फाइनल खेल ९ गते हुनेछ । 

फाइनल खेलको दिन आयोजकले भेट्रान खेलाडी लक्ष्मीप्रसाद लिम्बूलाई नगद २ लाखसहित सम्मान गर्ने आयोजक क्लबका अध्यक्ष आशिष वनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]