बैशाख २५, २०८२ बिहीबार

अकास्मात ओली–प्रचण्डको गोप्य वार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच दूरी बढेको अड्कल र समाचारहरु बाहिर आइरहेका बेला आज उनीहरुबीच एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको छ ।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा आज (बुधबार) एक घण्टा भेटवार्ता भएको हो । दुई अध्यक्षबीचको भेटमा मंसिर १४ कम हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि आज (सोमबार) दुई अध्यक्षबीच भेटवार्ता भएको हो । बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूहरुबीच दूरी नबढेको दावी गरेका थिए ।

त्यस्तै, अध्यष प्रचण्डले पनि यसलाई ‘हल्ला’ को संज्ञा दिएका थिए । तर, पछिल्ला समय अध्यक्ष प्रचण्डले दिएका अभिव्यक्तिका कारण दुई अध्यक्षबीच दूरी बढेको अड्कलबाजी भइरहेको थियो ।

प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार  १२ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]