नेपाली क्रिकेटको कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।
पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए ।