अर्जुनधाराका तीन परिवारलाई घर हस्तान्तरण
अर्जुनधारा । झापाको दहिझोडा सामुदायिक वन उपभोक्ता समुहले अर्जुनधारा नगरपालिका–५ का तीन परिवारलाई घर निर्माण गरी चावी हस्तान्तरण गरेको छ ।

वनको हरियाली महिला वचत तथा ऋण परिचालन समुहको गरिवी न्युनिकरण कार्यक्रम अन्र्तगत अनुदानमा निर्माण गरिएको घर सोमवार हस्तान्तरण गरेको हो । गरिव तथा विपन्न परिवारका दिनेश काफ्ले, कृषण्माया सार्की र लत्ता दनुवारलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले घरको चावी हस्तान्तरण गरेका हुन् ।
घर निर्माण गर्न नसेका ती परिवारलाई वनले सोमवार अर्जुनधारा–४ स्थित सिंहवाहिनी मन्दिरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरेको हो । वनका अध्यक्ष खगेन्द्र सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि डिभिजन वन कार्यालयका प्रमुख विष्णुराम घिमिरे रहेका थिए ।