ठगी गरी पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ
बिर्तामोड । ठगी गरी पाँच वर्षदेखि फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । साविक डाँगीबारी – ७ का ५० वर्षीय अर्जुन तामाङलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठगी, जबरजस्ती चोरी लगायतका ९ वटा मुद्धामा उनलाई जिल्ला अदालत झापाले ९ वर्ष ६ महिना १२ दिन र ८ लाख १६ हजार १सय सत्तरी जरिवाना सुनाएको थियो । ०७१ मा चोरी र ०७३ मा ठगी गरेका तामाङ ०७१ देखि फरार थिए ।