नेकपाको उम्मेदवारको घरमा बम विस्फोट
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाको उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।

बिहीबार साँझ बम विस्फोट भएको हो । नेकपाको उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो । बम विस्फोट हुँदा चौधरीको घरको कम्पाउन्ड र शौचालयमा क्षति पुगेको छ । बम विस्फोट भए पनि कसले गराएको हो भन्ने पत्ता लागिसेको छैन । विस्फोट स्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिरहेका छन् ।
विस्फोट भएको स्थलमा रहेका एक स्थानीयका अनुसार प्रेसर कुकर बम रहेको जानकारी दिएका छन् । बम विस्फोटमा मानवीय क्षति भने नभएको उनले बताए । मङ्सिर १४ गते सो गाउँपालिकामा उप निर्वाचन हुँदैछ ।