भ्रमण वर्ष – २०२० सफल बनाउन शिखर सहकारीले बनायो प्रचार सामग्री
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिखर सहकारीले भ्रमण वर्ष –२०२० को सफलताका लागि जिल्लाको पर्यटकीय गन्तब्य राखेर प्रचार सामग्री तयार गरेको छ ।

सहकारी भ्रमणमा जाँदा यो प्रचार सामग्री लिएर जाने र पश्चिम नेपालका सहकारीलाई झापाको पर्यटकीय गन्तब्य बारे जानकारी दिने सहकारीका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । भ्रमण वर्ष सफल बनाउने हामी सबैको दायित्व हो , राउतले भने – सम्पूर्ण शेयर सदस्य, कर्मचारी, सञ्चालक लगायत झापाबासी आदरणीय महानुभावहरु भ्रमण वर्ष –२०२० मिलेर सफल पारौं ।
भ्रमण वर्षको प्रचार – प्रसारका लागि सबै क्षेत्रको योगदान जरुरी रहेको भन्दै उनले सहकारी क्षेत्रको झनै ठुलो योगदान हुन सक्ने राउतको भनाई छ ।
शिखरले तयारी गरेको सामग्रीमा झापाको पर्यटकीय गन्तब्य अर्जुनधारा, जामुनखाडी, सालबारी, किच्चकवध, कचनकवल, भेलागडी पार्क, दोमुखा र विराटपोखरीको तस्वीर राखिएको छ । उनका अनुसार छुटेका केहि गन्तब्य समेटेर अर्को सामग्री बनाइने छ ।