प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं । १० दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररमा रहेका प्रधानमन्त्री ओलीले डिस्चार्ज भएका छन् । उनी भर्खर बालुवाटारस्थित निवासतर्फ लागेका हुन् । यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
अस्पतालबाट बाहिरिंदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिएका छन् । चिकित्सक डा. अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।