बैशाख २४, २०८२ बुधबार

भारतकै भरमा नेपाली भान्सा

बिर्तामोड । अधिकांश भान्सामा प्रयोग गरिने प्याज अहिले महंगो मुल्यमा खरिद गर्नुपर्ने बाध्यता छ । भारतको नासिक क्षेत्रबाट आयात हुने प्याज यहाँ उत्पादन शुरु नभइन्जेल महंगै मुल्यमा खरिद गर्नुपर्ने स्थिति छ । स्थानीय उत्पादन बजारमा आउन अझै २ महिना लाग्ने किसानको भनाईको छ ।

प्याजको मुल्य बढेपछि आयात घटेको कृषि बजार व्यवस्थापन समितिको तथ्याङक शाखाले जनाएको छ । भारतबाट प्याज मात्र होइन, नेपालीको भान्सामा प्रयोग हुने झण्डै ९५ प्रतिशत सामग्री आयात भइरहेको पाइएको छ । सोहि शाखाले उपलब्ध गराएको तथ्याङक अनुसार तरकारीजन्य वस्तु, फलफुल , मसला र माछामासुमा भारतसँगै निर्भर बन्नु परेको देखिन्छ । बिर्तामोडस्थित कृषि बजारमा आयात हुने ५२ प्रकारका सामग्रीमा भारतबाट ४० प्रकारका सामान आउने गरेको तथ्याङक छ । यहि उत्पादन हुने सामान्य कृषि वस्तु समेत भारतबाटै आइरहेको पाइएको छ ।

११ प्रकारका स्थानीय उत्पादन कृषिथोकमा आइरहेको छ भने चिनबाट लसुन र स्याउ आयात हुने गरेको छ । बाँकी सबै सामग्री भारतले धानेको छ । आलु, गाँजर, बन्दा, काउली, ब्रो काउली, मुला, भन्टा लामो, मटर कोषा, टाटे सिमि, तिते करेला, लौका, परवल, च्याउ, भिण्डी, धनिया, पालुङ्गे साग, लट्टे साग भारतबाट आयात भइरहेको पाइएको छ । स्थानीय क्षेत्रबाट आलु, सिमि, तितेकरेला,लौका,परवल, च्याउ भिण्डी, धनिया पनि कृषिथोकमा आयात हुने गरेको छ ।

यस्तै फलफुलमा स्याउ,कागती, अनार, अंगुर, सुन्तला, काक्रा भारतबाटै आइरहेको छ भने मेवा स्थानीय र किवि इलाम भोजपुरबाट आउने गरेको कृषिथोक व्यवस्थापन समितिले जनाएको छ । मसलमा हरियो खोर्सानी, सुकेको खोर्सानी, लोकल लसुन, मरिच, जिरा, धनिया भारतबाट आयात हुने गरेको छ । बिर्तामोडमा आयात हुने चियापत्ति, बेसार , अलैंची, र अदुवा नेपाली उत्पादन हुन् । यस्तै माछामासुमा खसी र कुखुराको मासुमा यहिको उत्पादनले धानेको तथ्याङक छ । तर, उन्नत माछा, लोकल माछा र सुकेको माछा भारतबाटै आयात भइरहेको बजार मुल्य संकलनकर्ता एवम तथ्याङक सहायक माया राजवंशीले जानकारी दिएकी छन् ।

गोलभेडा, घिउ सिमि, स्कुस, रायो साग, तरुल, केरा, मेवा, किवि, अदुवा, अलैंची, चियापत्ति, खसीको मासु र कुखुराको मासु बाहेक भन्सामा उपभोग हुने सबै वस्तुमा भारतकै भर पर्नु परेको छ ।

प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]