जाडो छल्न २३ मुसहर परिवारलाई कम्बल बाँडियो
बिर्तामोड । बिर्तामोड ३ र १० का बिपन्न मुसहरहरुलाई जाडो छल्नका लागि लायन्स क्लब अफ बिर्तामोड लेडीले कम्बल बितरण गरेको छ ।

आज मुसहर बस्तीमै पुगेर क्लबले मुसहरका २३ परिवारलाई एक÷एक थान कम्बल बितरण गरेको हो ।अधिकांश महिला र बालबालिका रहेको मुसहर बस्तीमा न्यानो लुगाको खाँचो भएको जानकारी पाएपछि आफूहरुले कम्बल बितरण गरेको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला खरेलले बताईन् ।
उनले आगामी दिनमा आफ्नो संस्थाले मुसहरहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सहयोग गर्ने आश्वासन दिईन् । यसअघि गत दशैंमा सोही संस्थाले त्यहाँका मुसहरहरुलाई दशैं लुगा बितरण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले सरकारी तवरसंगै संघसंस्थाहरुले पनि पीछडिएका मुसहर समुदायको जीवनस्तर उकास्न मद्घत गर्नुपर्नेमा जोड दिए । उनले बिपन्न मुसहरहरुले आफै पनि आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्ने बताए ।
लायन्स क्लबका जोन चेयर पर्सन ओम बिमलीले संस्थाले डी.जी.सप्ताह अन्तर्गत सो राहत बितरण गरेको जानकारी दिए । कार्यक्रममा बिर्तामोड उघोग बाणिज्य संघकी उपाध्यक्ष पार्वता बिमली, मुसहर समुदायका अभियन्ता इन्द्रसिंह राजवंशी, पत्रकार अर्जुन राजवंशीले पनि बोलेका थिए ।मनिशा बिमलीले संचालन गरेको कार्यक्रममा स्वागत सुशिला पाठकले गरेकी थिईन् ।