लागुऔषध विरुद्ध सचेतना
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजनामा सचेतनामुलक एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले किशोर किशोरीका लागि लागुऔषध एंवम दुव्र्यसन तथा सामाजिक पुनःस्थापनका लागि सचेतनामुलक एक दिने कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त नगरपालिकाले सोमबार सो कार्यक्रम गरेको हो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनाली र लागु औषध बिषय विज्ञ सोमराज ढकालले नगर क्षेत्रभित्रका विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा लक्ष्मी मावि, भानु मावि, शनिश्चरे मावि लगायतका स्कुलका विद्यार्थीहरु सहभागि थिए । कार्यक्रममा नगर–प्रमुख हरिकुमार रानाले यस्ता कार्यक्रमले किशोर किशोरीलाई कुलतबाट जोगाउन र सचेत बन्न सघाउ पुर्याउने बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका रानाले यहाँबाट सिकेको ज्ञान अन्य साथीभाईलाई बांढ्न आग्रह गरे ।