ख्रीष्टियन संघद्वारा कपडा वितरण
अर्जुनधारा । नेपाल ख्रीष्टियन नागरिक संघ क्षेत्रीय समितिले विपन्न वर्गका नागरिकलाई लत्ता कपडा वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. १ मा सोमबार एक कार्यक्रमकाबिच संघले अपाङ, अशक्त, एकल महिला, दैविक प्रकोपबाट पीडितलाई न्यानो कपडा वितरण गरेको हो ।
एल्डर मदन कुमार राईको सहयोगमा संघले यहाँका अति विपन्न नागरिकलाई कपडा वितरण गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता तथा ख्रीष्टियन नागरिक संघ २ नम्बर क्षेत्रीय अध्यक्ष राजविर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
१ नम्बर वडा अध्यक्ष गजाधर खतिवडा, नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रीय उपाध्यक्ष शत्रुधन शाहा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संघको पूर्व सचिव एल सामु एल राईले गरेका थिए ।