बिर्तामोड खानेपानीको नेतृत्व : अढाई दशकदेखि लोकतान्त्रिककै वर्चश्व
बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आज राती सम्पन्न मतगणना अनुसार ७ सय ८४ मतान्तरले जलकुमार गुरुङ विजयी भएका छन् । उनैले नेतृत्व गरेको लोकतान्त्रिक प्यानलले सेट नै जितेको छ ।

अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङले १७ सय ४ मत प्राप्त गर्दै आगामी कार्यकालको लागि जित निश्चित गरेका हुन् । प्रगतिशील प्यानलका अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले ९२० मत प्राप्त गरे ।
यस्तै लोकतान्त्रिक समूहको उपाध्यक्षमा पर्शुराम सिटौलाले १६३७ मत ल्याउँदै विजयी भएका छन् । प्रगतिशील प्यानलका उपाध्यक्षका उम्मेद्वार वुद्धीप्रसाद घिमिरेले ९१८ मत प्राप्त गरेका छन् । सचिवका उम्मेद्वार मेघराज बास्तोला विजयी भए । उनले १७३८ मत प्राप्त गर्दा जनबहादुर जवेगुले ८३८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका उम्मेद्वार सारदा रिजाल विजयी भएकी छन् । उनले १५१० मत प्राप्त गर्दा कमलप्रसाद पौडेलले १०४७ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यतर्फ लोकतान्त्रिक समूहका देवेन्द्र सिटौला (१६६७) , पारसमणी मैनाली (१५९४) मतले विजयी भए । प्रगतीशिल प्यानलका शंकरराज ढुङ्गेलले ८९० मत र श्रिप्रसाद सिटौलाले ८९३ मत प्राप्त गरेका छन् । महिला सदस्य तर्फ लोकतान्त्रीक समूहका माया प्रधान खड्गी (१६२०) सितादवी काफ्ले (१५७९) र बालादेबी खरेल (१५८७) मत ल्याउँदै विजयी भएका छन् । प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले ९५० मत, बिनिता कुमारी राजवंशीले ९२२ मत र हिमादेबी प्रसाईले ९५२ मत प्राप्त गरेका छन् । संस्थाको नयाँ कार्य समितिका लागि बुधबार निर्वाचन भएको थियो ।
खानेपानीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । राजनीतिक प्रतिष्ठाको विषय बनेको बिर्तामोड खानेपानीको निर्वाचनमा पहिलो पटक यो तहको चुवान भएको हो । २५ वर्षदेखि निरन्तर नेतृत्वमा रहेको समूह नै पुन ः निर्वाचित भएको छ ।
बिर्तामोड नगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेसभित्रको अन्तरघातले चुनावमा पराजय व्यहोरेका गुरुङलाई खानेपानीमा न्याय मिलेको छ ।