जेष्ठ ५, २०८२ आईतबार

बन्ने भयो इटहरीको ट्याङ्गग्रा पुल

इटहरी । इटहरी उपमहानगरको ताकेतापछि सडक डिभिजन कार्यालय विराटनगरले टयाङ्गग्रा पूल मर्मतका लागि पुस २० सम्ममा ठेक्का लगाएर निर्माणको काम सुरु हुने जनाएको छ । उपमहानगरलाई एक पत्र लेखि सो जानकारी गराएको हो ।

इटहरी बजार हुदै बग्ने टयाङ्गग्रा खोलाको पुल जिर्ण बन्दा पनि मर्मत नभएपछि उपमहानगरले चाडै मर्मत गर्न सडक डिभिजन कार्यालयलाई ताकेता गरेको थियो । उपमेयर लक्ष्मी गौतमले एक पत्र लेखि चाडै मर्मत गर्न आग्रह गरेकी थिइन् । सडक डिभिजन कार्यालय विराटनगरले सो पुल रहेको ठाँउमा नयाँ पुल बनाउनका लागि सडक विभागमा दुई पटक पत्राचार गरिसकेको समेत जनाएको छ ।

इटहरीमा ट्राफिक चाप धेरै भएको र पुल समेत साँघुरो भएका कारण नयाँ पूल निर्माणका लागि सडक विभागमा पत्राचार गरिएको जनाइएको छ । दिनमा सयौ यातायातका साधन वारपार हुने पूर्वपश्चिम राजमार्गमा रहेको टयाङ्गग्रा पुल जीर्ण अवस्थामा छ ।

प्रकाशित मिति : पुष ६, २०७६ आईतबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]