जेष्ठ ५, २०८२ आईतबार

राजधानीबाट ९७ चिनियाँ नागरिक पक्राउ,अपराधमा संलग्न रहेको आशंका

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले एकै दिन अहिलेसम्मकै धेरै विदेशी नागरिकमाथि धरपकड गरेको छ ।

टोलीले उपत्यकाका विभिन्न स्थानबाट ९७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख डिआईजी नीरज शाहीका अनुसार प्रहरी मुख्यालयबाट प्राप्त सूचनाका आधारमा तीन वटै टोली परिचालित भइ अनुसन्धानको क्रममा चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा तथा उनले के विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको भन्ने बारे स्पष्ट पारेका छैनन् । उनको अनुसार मनमैंजु र बाँसबारीस्थित दुई घर र बुढानिलकण्ठस्थित एक घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी स्रोतका अनुसार काठमाडौंका विभिन्न स्थानमा घर नै भाडामा लिएर कार्यालयको संरचना खडा गरी चीनमा आर्थिक अपराध गरिरहेको सूचनाको अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले नेपालमा बसेर इन्टरनेटको माध्यमबाट चीनमा आर्थिक अपराध गर्ने गरेको स्रोतको दाबी छ ।

पक्राउ परेका अधिकांश चिनियाँहरु पर्यटन भिसा लिएर नेपाल प्रवेश गरेको देखिएको छ । उनीहरु सबैको राहदानी जफत गरी थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : पुष ७, २०७६ सोमबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]