बैशाख २६, २०८२ शुक्रबार

‘भारत अब गम्भीर आर्थिक संकटमा’

एजेन्सी– नरेन्द्र मोदी सरकारका पूर्वमुख्य आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यमले भारत अब कुनै सामान्य आर्थिक संकटमा नभइ गम्भीर आर्थिक संकटमा आएको बताएका छन् । 

यो अभिव्यक्ति दिनुपहिले अरविन्दले भारतको जिडिपी डाटाबारे केही तथ्यांक पनि प्रस्तुत गरेका थिए । उनले सन् २०११ देखि सन् २०१६ सम्म भारतको जिडिपी २.५ प्रतिशतले वृद्धि भएको जनाएका हुन् ।

उनले यो तथ्यांक सम्पन्नताको कुनै मापदण्ड नभएको पनि बताएका छन् । अरविन्द भारतको जुन जिडिपी डाटा विश्वस्तरमा स्वीकार गरिएको छ, त्यसबारे फेरि विचार गर्न पनि सल्लाह दिएका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट पढेका अरविन्दले नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालमा तीन वर्षसम्म आर्थिक सल्लाहकार रुपमा काम गरेका थिए । उनी भारतको मात्र नभएर विश्वकै प्रख्यात अर्थशास्त्री हुन् । 

भारतको न्युज च्यानल एनडिटिभीलाई दिएको अन्तर्वार्तामा अरविन्दले भारतको आर्थिक संकट अब गहिरो भएको बताएका हुन् । 

उनले भनेका छन्, ‘भारतमा गैर पेट्रोलियमको उत्पादन तथा आयात र निर्यात दरमा क्रमशः ६ प्रतिशत र एक प्रतिशत कमी आएको पनि बताएका छन् । क्यापिटल इन्ड्रस्टीको वृद्धिमा पनि १० प्रतिशत कमी आएको उनले बताएका छन् ।’

प्रकाशित मिति : पुष १०, २०७६ बिहीबार  ११ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]