जेष्ठ ६, २०८२ सोमबार

नेपालकै अग्ला व्यक्ति राजन अधिकारी लडेर घाइते, हात भाँचियो


इटहरी । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको देब्रे हात भाँचिएको छ। मोरङको कानेपोखरीस्थित आफ्नै घरमा चिप्लेर लड्न पुगेका अधिकारीको सोमबार हात भाँचिएको हो।
सोमबार घरको बाथरुममा चिप्लिर लड्न पुग्दा घाइते भएको उनले बताए।

भाँचिएको हातमा प्लास्टरपछि अधिकारी अहिले घरमै आरम गरिरहेका छन । सुनसरीको इटहरी उपमहानगरपालिका-५ का राजन अधिकारीलाई अस्भाविक उचाईका कारण बारम्बार समस्या पर्ने गरेको छ।


७ फिट ३ इन्चका अधिकारीलाई सार्वजनिक सवारीमा चढ्नदेखि हिँडडुल गर्न पनि समस्या हु्न्छ। उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्लामध्ये पहिलोमा टर्की र दोस्रो चीनका नागरिक हुन्।

प्रकाशित मिति : पुष २२, २०७६ मंगलबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]