अमेरिका युद्ध होइन शान्ति चाहन्छ : डोनाल्ड ट्रम्प
काठमाडौं : अमेरिकी राष्ट्रति डोनल्ड ट्रम्पले इरानले गरेको आक्रमणमा अमेरिकालाई कुनै पनि मानवीय क्षति नभएको प्रष्ट पारेका छन्। इरानले इराकमा रहेका विभिन्न अमेरिकी सैन्य हवाई बेसमा इरानले गरेको मिसाइल आक्रमणमा मानवीय क्षति नपुगेको ट्रम्पले आफ्नो सम्बोधन मार्फत् स्पष्ट पारेका छन्।

अमेरिकाले इरानी सेनाका एक कमाण्डरको हत्या गरेको बदलामा इरानले मंगलबार राति मिसाइल आक्रमण गरेको थियो। यस्तै राष्ट्रपति ट्रम्पले इरानले अमेरिकी सेनाको हवाई बेसमा गरेको आक्रमणले इरानलाई धेरै तल रहेको पनि दाबी गरे। ह्वाईटबाट गरेको टेलिभिजन सम्बोधनमा ट्रम्पले आफूहरुले मध्यपूर्वको तेलका लागि युद्ध गर्न खोजेको नभई त्यस क्षेत्रमा शान्ति स्थापना गर्न चाहेको बताएका छन्।
उनले इरानी सेनाका कमाण्डर कासिम सुलेमानीले अमेरिकासँग बारम्बार युद्धको धम्की दिएकाले मारिएको र यो युद्धको अन्त्य भएको उनको दाबी छ। उनले आफ्नै मुलुकमा ठूलो मात्रामा प्राकृतिक ग्यास रहेकाले मध्यपूर्वी क्षेत्रको पेट्रोल आफूहरुलाई नचाहिएको स्पष्ट पारे। सम्बोधनका क्रममा ट्रम्पले आफूहरुले सैन्य शक्ति देखाउन र प्रयोग गर्नसमेत नखोजेको बताएका छन्।