मोटरसाइकलले थिचिएको अवस्थामा युवकको शव फेला
झापा । मोटरसाइकलले थिचिएको अवस्थामा झापामा एक युवकको शव फेला परेको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका २ बस्ने गुमानसिंह तिवारीको २१ वर्षीय छोरा अर्जुन तिवारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार कमल गाउँपालिका ३ स्थित रतुवामाई सामुदायिक वनको कच्ची सडकमा मे ११ प २७५ नम्बरको मोटरसाइकलले थिचिएको अवस्थामा तिवारीको शव फेला परेको हो ।
दुर्घटनाको विषयमा अहिले सम्म केही नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता घटनाको विषयमा प्रहरी चौकी केर्खाबाट र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।