३६ वर्षपछि साङ्लोबाट मुक्ति
इटहरी । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ बर्ष देखि साङ्गलोमा वाधिएर राखेका एक जना ब्यक्तिको उद्धार गरेकी छिन् ।

इटहरी २० का ५३ बर्षीय डिक वहादुर खडकाको उद्धार गरि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकी हुन् । उपमहानगरका स्वास्थ्यकर्मीको टोली सहित उपमेयर चढने गाढीमै राखेर उनलाई स्वास्थ्य उपचारका लागि धरान लगिएको हो ।
धेरै बर्ष अघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर वाँधेर राखिएको परिवारजनको भनाई छ । खडका मानसिक विरामी रहेका कारण वाँधेर राख्नुपरेको परिवारजनले वताएका छन ।
२०३६ सालमा लडेर वेहोस भएपछि मानसिक समस्या देखिएको परिवारले वताएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले वताए ।आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छरछिमेकको भनाई छ ।
उपचारमा उनिसगै धरान गएका उनका भाईले स्थानीय सरकार भगवान जस्तै वनेर आएको प्रतिक्रिया दिए । खडकाको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले उनको स्वास्थ्य परीक्षण सुरु गरेका छन ।