बैशाख २६, २०८२ शुक्रबार

विप्लव समूहका पोलिटब्यूरो सदस्य नेकपा प्रवेश

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य मोहन कार्की सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच कार्की नेकपामा प्रवेश गरेका हुन् । 

विप्लव समूहका कार्कीलगायत नेता, कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडेल, अग्नी सापकोटा, हितमान शाक्यलगायत उपस्थित थिए ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले कार्की केही समय यताउता अलमलिएर पनि मूलधार फर्किएकोमा खुसी व्यक्त गरेका थिए । कार्कीले जनयुद्धका समयमा उपत्यकामा बसेर जनयुद्ध बुनै आतंक होइन भन्ने कुरा जनतालाई बुझाउन योगदान गरेको प्रचण्डले स्मरण गरे । 

विप्लव समूहमै रहेको बेला कार्की २०७५ चैत १ गते ललितपुरबाट पक्राउ परेका थिए भने २०७६ साउन २१ गते रिहा भएका थिए । 

प्रकाशित मिति : पुष २६, २०७६ शनिबार  १२ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]