जेष्ठ ७, २०८२ मंगलबार

इरानले पक्राउ गर्‍याे बेलायती राजदूत

इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् । युक्रेनी यात्रुवाहक विमानलाई भुलवश खसालिएको इरानी अधिकारीले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा बेलायती राजदूत पक्राउ परेका बीबीसीले जनाएको छ ।

राजदूत पक्राउ परेको विषयमा बेलायतले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताएको छ । राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको भन्दै बेलायतका विदेशमन्त्री डोमिनिक राबले कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताउनु भएको हो ।

तर, इरानी सञ्चारमाध्यमले भने राजदूत मकेयरले सरकार विरोधी प्रदर्शनकारीलाई भड्काएको बताएका छन् ।

प्रकाशित मिति : पुष २७, २०७६ आईतबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]