सीआइवी प्रहरी भन्दै असुलीमा सक्रिय दुई युवा राजगढबाट पक्राउ
बिर्तामोड । सीआइवी प्रहरी हौं भन्दै व्यापारीबाट नगद असुली गर्दै हिड्ने दुई जनालाई प्रहरीले आज राजगढ बजारबाट पक्राउ गरेको छ ।

बाह्रदशीस्थित राजगढका व्यवसायी अरफाक आलमसँग उनीहरुले नगद ७ हजार लिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरको सीआइवी प्रहरी बताउने गौरीगञ्ज गाउँपालिका –१ का पर्शुराम महतो र सोहि पालिका वडा नं. ३ का जीवन दासलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।