र्यापर साकारलाई बिर्तामोड प्रहरीले परिवारलाई जिम्मा लगायो
बिर्तामोड । चर्चित र्यापर साकारलाई प्रहरीले परिवारसँग जिम्मा लगाएको छ । आज बिहान इलाका प्रहरी कार्यालय अनारमनीले परिवारलाई जिम्मा लगाएको डिएसपी मुकुन्द रिमालले जानकारी दिए ।

केही दिन देखि बिर्तामोडका होटलमा बस्तै आएका उनलाई परिवारको आग्रहमा खोजी गरी जिम्मा लगाएको हो । लागूऔषध दुव्यर्सनीको कारण अव्यवस्थित भई हिडिरहेका साकारलाई उनको आमाले खोजी दिन्न बिर्तामोड प्रहरीलाई आग्रह गरेकी थिईन । सोही अनुसार खोजी कार्य गरी उहाँहरुलाई जिम्मा लगाएको डिएसपी रिमालले जानकारी दिए ।