प्रधानाध्यापक नियुक्तिमा दलित शिक्षकलाई अवरोध
सागर गौतम
झापा । शिवसताक्षी–१ स्थित धरमपुरमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा कार्यरत शिक्षक खगेन्द्र बहादुर लम्जेललाई दलित अधिकार समन्वय नगर समितिले प्रधानाध्यापक बनाउनु पनेर् माग गरेको छ । दलित भएकै कारण प्रधानाध्यापक नियुक्तिमा लम्जेललाई रोक्दै आएको समन्वय समितिले ठहर गरेको छ । बिहीवार विद्यालय प्रशासन र शिवसताक्षी नगरपालिका वडा नं.–१ का अध्यक्ष सुवास राईलाई ज्ञापनपत्र बुझाएको समन्वय समितिका सचिव पूर्ण बहादुर लकान्द्रीले जानकारी दिए ।

लम्जेल सो विद्यालयको माध्यमिक तह तृतीय श्रेणीको शिक्षकको रुपमा कार्यरत छन् । प्रधानाध्यापक हुनका लागि शिक्षा ऐन तथा नियम अनुसार आवश्यक सबै मापदण्ड पुगे पनि उनलाई स्थानीय वडा र विद्यालय प्रशासनले प्रअ नबनाएपछि समितिले ज्ञापन पत्र बुझाएको हो ।
शिक्षा ऐन तथा नियम बमोजिम विद्यालयमा प्रधानाध्यापक पदमा नियुक्ति गर्न दिएको निवेदन माथि निर्णय, छलफल तथा सुनुवाई समेत नगरी वेवस्था गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

वडाअध्यक्ष सुवास राई, शिक्षक प्रतिनिधि घनश्याम पोखरेल लगायत विगठित विद्यालय व्यवस्थापन समिति सदस्य सहितको छलफलबाट शिक्षक लम्जेललाई बोल–कबोल गराई प्रधानाध्यापक पदमा निवेदन दिन तत्कालिन विद्यालय व्यवस्थापन समिति समक्ष पेश गराइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । अघिल्लो समितिमा एक तिहाई भन्दा बढि सदस्यहरुले लिखित रुपमा तत्कालिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेनुप्रसाद अधिकारी समक्ष माग गर्दा समेत समितिका सदस्यहरुले छलफल गनेर् अधिकार समेत हरण गदैर् विद्यालय व्यवस्थापन समितिको म्याद गुजारिएको जारी ज्ञापन पत्रमा उल्लेख छ ।
निवेदन पेश गर्न लगाउने वडाअध्यक्ष राई र शिक्षक प्रतिनिधि पोखरेलसहित तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिमा २ जना बहाल छन् । सो निवेदन उपर कुनै बैठकमा प्रवेश नभएको हुनाले लम्जेल माथि विभेद गरिएको जनाइएको छ । दलित अधिकार समन्वय नगर समितिका अध्यक्ष समेत रहेका शिक्षक खगेन्द्र बहादुर लम्जेलमाथि भएको विभेदले व्यवस्था परिवर्तन हुँदैमा मानिसको सोच र विचार परिवर्तन नभएको अधिकारकर्मी बताउँछन् ।
स्थानीय तहको निर्वाचन पछि दलित समुदायको आशा र भरोशाको केन्द्र जनप्रतिनिधि तर्फ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (ज )को उपदफा ७ मा समेत विद्यालय व्यवस्थापन सम्बन्धि स्पष्ट व्यवस्था भएकाले विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार बमोजिम विद्यालय संचालन गरी पक्षपात रहित व्यवहार गर्न ज्ञापनपत्रमा सुझाव समेत दिएको छ ।
नैतिक रुपमा आत्मसाथ गरी प्रधानाध्यापक खगेन्द्र बहादुर दाहाललाई पदबाट राजीनामा गरी मार्ग प्रशस्त गरिदिन आग्रह गरिएको छ । नेपालको संविधान २०७२ मा उल्लेख भए अनुसार शिक्षा ऐन तथा नियमानुसार विद्यालय संचालन हुनुपनेर् भन्दै निवेदनमाथि यशाशिघ्र न्याय निरुपण गर्न सरोकारवाला पक्षहरुसँग समन्वय समितिले जोडदार माग गरेको सचिव पूर्ण बहादुर लकान्द्रीले बताए ।
सो विधालयमा दाहाल ०७२ सालदेखि कार्यरत छन् । उनी निमावि द्वितीय शिक्षक हुन् । यता, लम्जेल मावि तृतीय शिक्षक हुन् । नीति अनुसार दाहाल प्रअ बन्न मापदण्ड नपुग्ने भएपछि लम्जेलले प्रअको लागि प्रक्रियामा छन् । उनलाई विभिन्न कारण देखाउँदै प्रअ बन्न रोकिएको छ ।