झापालाई लागुऔषधको ‘थ्रेट’
बिर्तामोड । झापामा सरोकारवालाले लागुऔषध दुव्र्यसनको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । नेपालमै काठमाडौपछि लागुऔषध दुव्र्यसनको प्रयोग र यसको ओसारपसारमा झापा अगाडि रहेकोले नियन्त्रणमा उनीहरुले चासो समेत व्यक्त गरेका हुन् ।

सोमवार जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको प्रशंसा पत्र वितरण र लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अन्तरक्रियामा सरोकारवालाले नियन्त्रणमा गम्भीर भएको प्रतिक्रिया दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्ने निकायलाई प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालद्वारा प्रेसित प्रशंसा पत्र वितरण कार्यक्रम सहित आयोजना गरिएको अन्तरक्रियामा झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले झापामा भएको गतिविधि बारे सहजीरकण गरेका थिए । उनले उक्त कार्यक्रमले सुरक्षा व्यवस्था मजवुद बनाउन समुदाय र प्रहरी विचमा समन्वयको मजवुत वातावरण तय गरेको जानकारी दिए ।
कार्यक्रममा लागुऔषध दुव्र्यसन र सुधार गृहको आवश्यकता बारेमा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले सहजीकरण गरेका थिए । उनले झापा लागुऔषधले आक्रान्त भएको जानकारी दिएका छन् । सहजीकरण गर्दै पाखरेलले भने, हाम्रो समाज लागुऔषधको चंगुलमा फस्दै गएको छ । यसको बेलैमा नियन्त्रण गर्न नसके अबको केहि वर्षमा समाजनै जोखिममा पर्नेछ ।
९८ प्रतिशत साथीसंगतका कारण लागुऔषधको प्रयोगकर्ता भएको तथ्याङक सार्वजकि गर्दै उनले कुल मुद्दाको ८ प्रतिशत मुद्दा नै लागुऔषधको भएको बताए । प्रहरीको तथ्याङक अनुसार झापा लागुपदार्थ आयात गर्ने मुख्य नाका बनेको छ । प्रहरीको अध्ययन अनुसार बिर्तामोड, मेचीनगर, दमक, भद्रपुर र अर्जुनधारामा यसको प्रयोग बढ्दै गएको छ । जिल्लाको १३ वटा सुधार केन्द्रमा हाल ३१६ जना प्रयोगकर्ताको उपचार भइरहेको पोखरेलको भनाई छ । सहजीरकरणका क्रममा उनले झापाको युवायुवतीमा लागुऔषध मुख्य चुनौति बन्दै गएको बताएका छन् । ‘झापालाई लागुऔषधको थे्रट छ ’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले झापाको प्रयासलाई प्रदेश सरकारको तर्फबाट पर्याप्त सहयोग गर्ने बताएका छन् । उनले ‘म अघि बढ्छु’ नामक प्रदेश सरकारको कार्यक्रमलाई पनि यो अभियानसँग जोढ्नुपर्ने बताए । मन्त्री कार्कीले भने, लागुऔषध नियन्त्रण गर्नुको विकल्प छैन, सबैले हातेमालो गरौं । झापा मात्रै नभई प्रदेश १ मै लागुऔषधको जोखिम भएकाले प्रदेश सरकार पनि गम्भीर भएको भनाई राखेका छन् । उनले लागुऔषध नियन्त्रणको लागि सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने र सचेतना अभियानका अभियान्ता पनि नैतिकवान हुनेपर्नेमा जोड दिए ।
सोहि कार्यक्रममा सहभागी भएका विशिष्ट अतिथि प्रदेश प्रहरी प्रमुख डीआइजी ठाकुर प्रसाद ज्ञवालीले प्रहरीको मुख्य प्राथमिकता यसको नियन्त्रण नै रहेको बताएका छन् । प्रहरी संगठन तिनै तहको सरकार र सरोकारवालासँग समन्वय गरेर नियन्त्रणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे । डीआइजी ज्ञवालीले भने, यहाँ सेल्टरको कुरा आयो, त्यो हाम्रो प्राथमिकता होइन, यसको आयात नै रोक्नु हाम्रो मुख्य प्राथमिकता हो । तर, अहिलेको दर्दानाक अवस्था अध्ययन गर्दा सेल्टर आवश्यक देखियो । कुनै निकाय सहयोगी हुनै पर्छ, यसमा प्रहरीको पूर्ण सहयोग रहनेछ ।
अन्तरक्रियामा लागुऔषध दुव्र्यसनमा लागेकाहरुको उपचारका लागि सेल्टर निर्माण गर्ने सहमति जुटेको छ । आसरा सुधार गृह झापामा सञ्चालन गर्नका लागि महेन्द्र गिरीको नेतृत्वमा तदर्थ समिति बनाइएको छ । ७ सदस्यीय तदर्थ समितिले जग्गा खोजी गरी सुधार गृह निर्माण गर्ने झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । आसरा सुधार गृहमा लागुऔषध दुव्र्यसनमा लागेकाहरुको उपचार गरिने छ । गैर नाफा मुलक संस्थाको रुपमा रहेको आसरा प्रहरीद्वारा काठमाडौंमा सञ्चालित छ ।
कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनका काफ्ले, कचनकवलका अध्यक्ष अञ्जर आलम , अधिकारकर्मी विष्णु प्रसाद खरेल लगायतले लागुऔषधले समाजमा पु¥याएको जोखिमका बारेमा जानकारी गराएका थिए । उनीहरुले यसको नियन्त्रणमा लागि सामूहिक एकता र सहकार्य आवश्यक रहेको जिकिर गरेका छन् ।