४ केजी गाँजासहित ६४ वर्षीय वृद्ध पक्राउ
बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेले ४ केजी गाँजासहित ६४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

मंगलवार राती कमल गाउँपालिका –१ पाँचगाछीबाट प्रहरीले बृद्ध अकालु साहको घरमा लुकाई राखेको गाँजा सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले साहको घरबाट १४ हजार ६ सय ४८ रुपैयाँ नगद र एक थान चिलिम बरामत गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति व्यवसायिक रुपमा गाँजा व्यापार गर्दै आएका छन् । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।