बैशाख २६, २०८२ शुक्रबार

एमसीसी छिटो पारित गरौं : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट छिटो अनुमोदन गर्नुपर्ने बताएका छन्। बुधबार नेकपाको केन्द्रीय कमिटी बैठकको उदघाटन समारोहमा बोल्दै अमेरिकाको सहयोग र नेपालको लगानीमा आयोजना बन्ने भएकाले संसदबाट छिटो अनुमोदन गर्नुपर्ने बताए

अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको (एमसिसी) सम्झौता भएको ओलीले बताए। प्रधानमन्त्री ओलीले पाँच वर्षे सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको बताए।

‘एमसीसीमा धेरै विवाद गरिरहनु पर्दैन। यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन्’ प्रधानमन्त्री ओलीले भने ‘हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन्। त्यसमा हामी नजाऔं। मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो।’

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]