नागरिकता संसोधन कानूनको विरोध गर्दै आएका चर्चित भारतीय वामपन्थी नेता पक्राउ
काठमाण्डौ – जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार आफ्ना समर्थहरुको साथमा गान्धी स्मारक जाने क्रममा उनलाई विहार प्रहरीले पक्राउ गरेको हो । उहाँलाई चम्परणमा रहेको हिरासतमा राखिएको छ ।

उहाँले विवादित नागरिकता संसोधन कानूनको विरोध गर्दै आएका आउनु भएकाे थियाे । उहाँ प्रभावशाली विद्यार्थी नेताकाे रुपमा चिनिँदै आउनु भएकाे छ ।
कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआउनु भएकाे छ । आफ्नाे आधिकारिक ट्विटर ह्याण्डल तथा फेसबुकमार्फत उहाँले नागरिकता विधेयकलगायतकाे विराेधमा चम्पारणमा रहेकाे बापु धाममा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेर एक महिने जन गण मन यात्रा थालनी गरिने कार्यक्रम तय भएकाेमा प्रहरीले आफूलगायत थु्प्रै समर्थकहरुलाई पक्राउ गरेकाे जानकारी दिनुभएकाे छ ।