जेष्ठ ८, २०८२ बुधबार

बुद्धको पोखरा–विराटनगर उडान सुरु

विराटनगर – बुद्ध एयरले पोखराबाट विराटनगर उडान थालेको छ। पोखराबाट काठमाण्डौ,भैरहवा र भरतपुर उडान गर्दै आएको बुद्धले सोमबारबाट विराटनगर पनि उडान थालेको हो।

सोमबार पोखराबाट १८ जना र विराटनगरबाट पनि १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए।

उनले अहिले हप्तामा तीनदिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए । माग बढ्दै गएमा जहाज र दैनिक उठान गर्ने बताए। बिहान ११ः४५ बजे सो उडान हुनेछ।

विराटनगरबाट पोखरा उडान भने १:१० मा हुनेछ। नेपाल भ्रमण वर्षलाई लक्षित गरी उडान थालिएको उनले बताए। पोखरा विराटनगरको हवाइ यात्रा १ घण्टाको रहनेछ। उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैयाँ र विदेशीलाई १ सय ३० डलर लाग्नेछ।

प्रकाशित मिति : माघ २०, २०७६ सोमबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]