बेहोस भएका अनेरास्ववियूका सहसंयोजक तामाङ अस्पताल भर्ना
काठमाडौं । अनेरास्ववियूका सह संयोजक रन्जित तामाङ अचानक बिरामी परेपछि नर्भिक अस्पताल काठमाडौंमा भर्ना भएका छन् । गएराति ११ बजे ब्लडप्रेसर कम भएपछि शौचालय जाने क्रममा बेहोस भएका थिए ।
आफ्नै निवासमा बिरामी भएको थाहा पाएपछि उनका छिमेकी तुरुन्तै अस्पताल पुर्याएको अनेरास्ववियूका एक नेताले जानकारी दिए । उनका अनुसार अस्पतालमा डा जेपी जैसवालले उपचार गरिरहेका छन् ।

अहिले अवस्था समान्य हुँदै गएको छ । ब्लडप्रेसर अहिले १००/४० रहेको छ । मुटुसम्बन्धि केही परिक्षण सकेर आजै अबेरसम्म डिस्चार्ज हुनसक्ने जानकारी अस्पतालले दिएको छ । केही समयअघि देखि नै उनको प्रेसरमा समस्या आउने गरेको थियो । बुधबार केही समस्या आएपछि घरमा आराम गरेका थिए । समाचार दैनिकबाट