बैशाख २७, २०८२ शनिबार

चारपाने हत्या प्रकरण : साथीभाई विचको झगडापछि हत्या भएको खुलासा

प्रदीप परियार

बिर्तामोड । गत मंगलवार राती बिर्तामोड–२ चारपानेमा भएको हत्याको घटना साथीभाई विचको झगडाका कारण भएको खुलेको छ । हत्या गरिएका सुभान शेख र उनका दुई जना साथी एक आपसमा मादक पदार्थ सेवन गरिसकेपछि झगडा शुरु भएको थियो । शेख भारतीय नागरिक हुन् । उनी चारपाने क्षेत्रमै मजदुरी गर्दै बस्दै आएका थिए ।

सोमवार साँझ शेख र चारपाने क्षेत्रमै बस्दै आएका उनका साथी लक्ष्मण यादव र करण चौधरीसँगै रक्सी सेवन गरेका थिए । सोहि समय एक आपसमा विवाद भएको थियो । शेखले दुवै जना साथीलाई गाली गलौज गरेपछि उनीहरु विच झगडा भएको बुझिएको छ । पहिलो चरणमा सामान्य विवाद भएको थियो, दोस्रो पटकको भेटमा शेखमाथि कुटपिट बढि भयो , एक अधिकारीले भने । कुटपिटको क्रममा ढुङ्गा, इटा समेत प्रयोग गरिए पछि शेखको मृत्यू भयो ।

घटनालाई लुकाउन परालको आगोमा हालेर जलाइएको प्रहरी अधिकारी बताउँछन् । मिडियाले अनैतिक सम्बन्धको कुरा कनिकुथेर बाहिर ल्याए पनि त्यसमा कुनै सम्बन्ध नरहेको बताइएको छ । यादव र चौधरी नै घटनामा संलग्न देखिए, प्रहरी भन्छन् । उनीहरु पनि सोहि क्षेत्रमा मजदुरीकै काम गर्दै आएका थिए । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]