बैशाख २६, २०८२ शुक्रबार

कांग्रेसले संसद अवरोध नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद चल्न दिएको थिएन ।

बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने सूचना सभामुखलाई दिन लागेको डा. संग्रौलाले अनलाइनखबरलाई जानकारी दिइन् ।

कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार  १२ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]