बैशाख २५, २०८२ बिहीबार

प्याजको मूल्यमा भारी गिरावट

काठमाडौँ – प्याजको मूल्य ह्वात्तै घटेको छ । प्रति केजी २ सय ५० रुपैयाँ सम्म रहेको प्याजको मूल्य घटेर ९० रुपैयाँमा झरेको हो ।

तरकारी बजार कालीमाटीमा आइतबारदेखि प्रति केजी प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ । प्याजको सिजन सुरु भएसँगै बजारमा नयाँ प्याज आउन थालेपछि प्याजको मूल्यमा पनि परिवर्तन आएको हो ।

नेपालले अधिकांश प्याज भारतबाट आयात गर्ने भएकाले भरतमै प्याज अभाव भएपछि प्याजको मुलयामा भारी परिवर्तन आएको थियो । भारतले प्याज नेपाल निर्यातमा प्रतिबन्ध लगाएपछि झनै प्याजको मुल्यामा वृद्धि भएको थियो । फेब्रुअरीसम्ममा नयाँ प्याज उत्पादन भइसके पनि भारतले अझै प्याज नेपाल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छैन ।

नेपाल निर्यातमा प्रतिबन्ध फुकुवा नगरे पनि भारतीय प्याज विक्री भइरहेको छ । भारतले प्याज प्रतिबन्ध फुकुवा गरेपछि अहिलेको तुलनामा अझै प्याजको मुल्यामा गिरावट आउने देखिन्छ ।
गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि नेपालमा पनि प्रति केजी २ सय ५० सम्म पुगेको थियो । भारतीय प्याज धेरै महँगो भएपछि चिनियाँ प्याज आयात भए पनि प्याजको मुल्यामा परिवर्तन आएका थिएनन् ।

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]