जेष्ठ ९, २०८२ बिहीबार

धान,मकैपछि अब गहुँमा

काठमाण्डाै – तराईका केही ठाउँका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको छ ।

महोत्तरी, धनुषा लगायत केही जिल्लाका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । गहुँ बालीमा फौजी किराको प्रकोप देखिएपछि कृषिविज्ञसहितको टोली प्रभावित क्षेत्रमा पुगेर फर्किएको छ ।

?????????????????????????????????????????????????????????

अहिले गहुँको बाला निस्कने बेला भएकाले बालीमा फौजी किरा लागेकाे वा नलागेको हेरचाह गर्न नार्क अन्तर्गतकाे किट विज्ञान महाशाखाका सूचना अधिकारी सुदिप उपाध्यायले आग्रह गर्नुभयो ।

दिउँसो लुक्ने र राति सक्रिय हुने भएकाले खेतमा भएको झार सफा गर्नुपर्ने, प्रकोप देखिएको ठाउँमा गहुँ काटिसकेपछि मकैको सट्टा अरु बाली लगाउनुपर्ने, खेतको एउटा पाटोबाट अर्को पाटोमा खाडल बनाएर पानी जमाउनुपर्ने र त्यो पानीमा जमेका फौजी किरा नष्ट गर्नुपर्ने, बत्तीको पासो बाल्ने गर्दा फौजी किरा हट्ने उहाँको भनाइ छ ।

फौजी किराले बालामुनिको पात खाइदिने भएकाले बेलैमा ख्याल गर्न किट विज्ञान महाशाखा सूचना अधिकारी सुदिप उपाध्यायको सुझाव छ ।

यस्तै इमामेक्टिन बेन्जोएट ५ एस.जी. ० दशमलव ३ ग्राम प्रतिलिटर पानीमा मिसाइ प्रकोपको समयमा आवश्यकताअनुसार एक–दुई पटक बोट भिज्ने गरी साँझपख स्प्रे गर्न तथा विषादी प्रयोग गरिसकेपछि दुई/तीन दिनसम्म बिहान खेतमा गएर मरेका लार्भाहरु सङ्कलन गरी नष्ट गर्न उहाँले सल्लाह दिनुभयो । 

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  २ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]