भित्रिन थाल्यो इन्धन, भोलीबाट सहज हुने
बिर्तामोड । भारतीय भन्सारमा अनलाईन दर्ताको समस्याले पूर्वी नेपालमा इन्धन आपुर्ति समस्या भएको छ । शुक्रवारदेखि दर्तामा समस्या आएकाले तेल लोड भएका ट्याङकर आउन सकिरहेका थिएनन् ।

पानीट्याङ्की भन्सारमा रोकिएर राखिएका ट्याङ्कर आज साँझबाट नेपाल प्रवेश शुरु गरेको नेपाल आयल निगम लिमिटेड चारआलीले जनाएको छ । अनलाइन दर्तामा समस्या देखिएपछि नेपाल आउने ७ लाख लिटर डिजेल र सवा २ लाख पेट्रोल पानीट्याङ्की मै रोकिएको थियो । नेपाल आयल निगम लिमिटेड चारआलीका प्रमुख विपिन कुमार श्रेष्ठका अनुसार १० वटा ट्याङकर आइसकेका छन्, ति ट्याङकरमा आएको तेल वितरण भइसकेको छ । रातभरसम्ममा सबै ट्याङ्कर नेपाल आउने भएकाले भोली विहानसम्ममा इन्धनको आपुर्ति सहज हुने जानकारी दिए ।
केहि ट्याङ्करलाई पम्पमा पठाए पनि अहिलेसम्म पम्प खुलिरहेका छैनन् । दिनभर बन्द रहेका पम्पले सवारी चाप हुने अनुमान गरेर राती तेल झार्ने र विहान मात्रै वितरण गर्ने तयारी गरिरहेको बुझिएको छ ।