झापामा दुई दिनमा ५६ वटा चौपाय नियन्त्रण
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दुई दिनमा ५६ वटा पशुचौपाय नियन्त्रणमा लिएको छ । झापाको बाहुन्डाँगी, भद्रपुर र बाह्रदशी क्षेत्रबाट चौपाय नियन्त्रणमा लिएको हो ।

बुधबार बाह्रदशीबाट २७ थान चौपाय नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । फागुन ५ गतेदेखि ७ गतेसम्म उक्त परिमाणमा चौपाय नियन्त्रण लिएको प्रहरीको भनाई छ ।
झापा जिल्लाका बिभिन्न सिमा, नाकाको प्रयोग गरि अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा गाई ७, गोरु ४९ गरी जम्मा ५६ वटा पशुचौपाया नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । नियन्त्रित पशु चौपायाहरुमध्ये गाईलाई जिल्ला स्थित बिभिन्न गौशालाहरुमा बुझाइएको छ भने मानिस तथा गोरूहरुलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।