जेष्ठ ८, २०८२ बुधबार

सुनको भाउले रेकर्ड तोड्यो

काठमाण्डौ – सुनको भाउ थप महङ्गो भएको छ । फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो अहिलेसम्म कै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । 

यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् । माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा भाउ बढेसँगै माग घट्दै गएको छ ।

अहिले दैनिक १०-१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार  ३ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]