जेष्ठ ९, २०८२ बिहीबार

प्रधानमन्त्रीको पुस्तक ‘भिजन टू एक्सन’को विमोचन

काठमाडौं – शतब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा शताब्दी पुरुषद्वयले सो पुस्तक विमोचन गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर आज पुस्तक बिमोचन गरेको हो ।

फागुन ११ गते जन्म दिन भएपनि यसपटक उहा जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जान लाग्नु भएकाले आजै विमोचन गरिएको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार  २ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]