चट्याङ लागेर बाह्रदशीमा एक महिला घाइते
बिर्तामोड । आज साँझ चट्याङ लागेर बाह्रदशी –५ शान्तीटोल निवासी कमला सापकोटा घाइते भएकी छन् । ४६ वर्षीया सापकोटालाई आफ्नै घरको आगनमा रहेको समयमा चट्याङले लागेको थियो ।

साँझपख परेको पानीसँगै चट्याङले लागेर घाइते भएकी सापकोटाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाहिर चोट नदेखिए पनि घाइते महिला बोल्न नसकिरहेको प्रहरीको भनाई छ ।