जेष्ठ ९, २०८२ बिहीबार

बामदेव अब राष्ट्रियसभा सदस्य

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । उनकाअनुसार गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ ।

बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्वीकार गरेको छ । र, गौतमको मागअनुसार संविधान संशोधन गर्न अघिल्लो बैठक बनाएको कार्यदललाई भङ्ग गरेको छ ।

यसअघि राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग गर्दै माघ ९ को राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार  २ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]