सीपी मैनालीकाे स्वास्थ्य सुधार हुँदै
काठमाण्डाै – दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

बिहीबार झापाबाट काठमाडौ फर्कने क्रममा भएको दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको र मुखमा चोट लागेको ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो ।
मैनाली चढेकाे बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।
यस्तै उहाँकी बुहारीको दुई वटै खुट्टा भाँचिएको पनि उहाँले बताउनुभयो । दुवै जनाको राति नै शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।
मैनालीलाई कम्तीमा पनि एक हप्ता अस्पतालमा राख्नुपर्ने डाक्टर पाण्डले बताउनुभयो ।