झापालाई जुवामुक्त गरौं
सम्पादकीय
इलाका प्रहरी कार्यालय अनारमनीले बुधबार प्रतिष्ठि ६ जना व्यापारी सहित सवारी नियन्त्रणमा लिएपछि बिर्तामोड क्षेत्रमा जुवाको विगविगी रहेको सार्वजनिक भएको छ । बिर्तामोड मात्र होइन झापाको विभिन्न स्थानमा जुवाखाल निर्माण गरेर यस्ता गतिविधि सञ्चालन भइरहेको सूचना आउने गरेको छ । बिर्तामोड प्रहरीले बिर्तामोडको बिर्ता बजार पूर्व क्षेत्रबाट घर धनी कोपिला लिम्बूसहितलाई पक्राउ ग¥यो । यो घटनाले केहि व्यक्तिहरु घरमा मोटो रकम लिएर जुवा खेलाइरहेको स्पष्ट पारेको छ ।
प्रहरीले कोपिला लिम्वूको घरमा छापा मारेर प्रल्हाद चुडाल, डम्बर मगर, दिपेश क्षेत्री, कान्छा राई र बिशुलाल मेचेलाई नगदसहित पक्राउ ग¥यो । त्यहाँ जुवामा पनि कौडा खेलाइएको प्रहरीले भेट्टाएको छ । कौडा जुवा मध्येको ठुलो खेल हो । कानुनी रुपमा अवैधानिक रहेको कौडा खेल्नेहरुलाई तत्कालै सार्वजनिक गरियो । जसले उनीहरुलाई सामाजिक रुपमा नैतिक संकटमा पारेको छ । झापामा जुवा, यौनधन्दा र अवैध सामान ओसार पसारसँगै लागुऔषधको जोखिम बढेर गएको छ ।
झापा सचेत नागरिकहरुको जिल्ला पनि हो । यहाँ सामाजिक मुल्य र मान्यतालाई असाध्यै ख्याल गर्नुपर्छ । बढ्दै गएका जोखिमलाई कम गर्न अगुवा नागरिकको तहबाट विशेष भूमिका निर्वाह गर्नुपर्छ । लागुऔषधमा बालबालिका र किशोर समूहका नागरिक लिप्त भइरहेको अवस्थामा यौनधन्दा र जुवामा अधँवैशे, किशोर उमेर समूहका लागिपरेको तथ्याङक छ । झापाको गरिमा बचाउने सबैको दायित्व हो । यसरी समाजलाई विगार्नबाट सबैले बँचाउन जरुरी छ । यसैले जुवामुक्त मात्र होइन , झापालाई लागुऔषध, यौनधन्दा र अवैध ओसार पसारबाट मुक्त गराउन पर्छ ।