बैशाख २७, २०८२ शनिबार

सम्पादकीय : झापा गोल्डकप गर्नैपर्छ

हरेक वर्ष भइरहेको सर्वाधिक राशीको झापा गोल्डकप अन्यौलताको बिच तयारी भइरहेको छ । पूर्वमा फुटवल हवको विकास गर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको झापा ११ ले यो वर्षको तयारीमा तदारुपता देखाइरहेको छैन । गत वर्ष जस्तो चर्चामा नआएको झापा गोल्डकप कुनै पनि हालतमा हुनुपर्छ । गोल्डकप आयोजना गर्ने टिम मजबुद छ । गोल्डकप गर्न चाहेमा त्यति धेरै समस्या पनि नहोला । तर, केहि महिना अघि भएको पूर्वाञ्चल अन्तराष्ट्रि फुटबलले झापाको फुटबल बिरासतलाई खल्लो बनायो ।

खेल आयोजना गर्ने आयोजक अझै दौडधुपका साथ कुदिरहेका छन् । विजेतालाई अझै पुरस्कार राशी पूर्ण रुपमा उपलब्ध पनि नगराएको चर्चा भइरहेको छ । पूर्वाञ्चल अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका कारण झापा गोल्डकप आयोजना गर्न कठिनाई भइरहेको बुझिएको छ । किनभने यहि बजार र यहि समाजले झापा गोल्डकप आयोजना गर्ने हो । त्यो प्रतियोगिताले न आयोजकलाई सन्तुष्ट मिल्यो नत खेल हेर्ने दर्शकको भोक नै मेटियो । लहैलहैमा आयोजना भएको गोल्डकप आयोजकले अहिलेसम्म बिज्ञापनको रकम समेत भुक्तानी गर्न सकेका छैनन् ।

झापा फुटबल हवको रुपमा विकास हुँदै गएको जिल्ला हो । यहाँबाट उत्पादन भएका खेलाडीले आज मुलुकको फुटबल क्षेत्रको विकासमा ठुलो योगदान पु¥याइरहेका छन् । यसैले झापामा पनि राष्ट्रिय चर्चाको झापा गोल्डकप आयोजना गर्नैपर्छ । यहाँका हजारौं फुटबल प्रेमी झापा गोल्डकपको पर्खाइमा छन् । उनीहरुको फुटबल प्यास झापा गोल्डकप बाहेक कसैले पुरा गर्न सक्दैनन् । यसैले झापा गोल्डकपको विकल्प छैन । कुनै प्राविधिक समस्या भए सामुहिक रुपमा समाधान गरेर गोल्डकपको आयोजना गरिनुपर्छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]