बैशाख २५, २०८२ बिहीबार

नेपाललाई मलेसियाले दियो १५५ रनको लक्ष्य

काठमाडौँ – मलेसियाले एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल समक्ष १५५ रनको औसत लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्याण्डमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेपनि अन्तिम पाँच ओभरमा मात्रै ५७ रनभन्दा बढी खर्च गरेपछि मलेसियाले औसत योगफल तयार गर्न सफल भयो ।

थाइल्याण्डको टर्डथाइ क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १५४ रन बनाएको हो । १५ ओभरपछि ९७ रनमा पाँच विकेट गुमाएको मलेसियाले अन्तिम पाँच ओभरमा मात्र एक विकेट गुमाएर ५७ रन जोडेको हो ।

मलेसियाका लागि मोहम्मद अनवर अरुद्दीनले ३१ तथा सैयद अजिज सैयद मुबारकले अविजित रहनुहुँदै मात्र ३५ बलमा अद्र्धशतकीय पारी खेले । अमीनुद्दीन राम्लीले २९ रनको योगदान दिए । अहमद फैज मोहम्मद नूर ३० रन बनाएर अविनाश बोहराको शिकार भए ।

नेपालका लागि सन्दीप लामिछानेले पारीको तेस्रो तथा आफ्नो पहिलो ओभरमै दुई विकेट लिएर मलेसियालाई दबाबमा राखे । १९ औं ओभरमा अविनाश बोहराले १५ रन खर्चिए। त्यसअघि आफ्नो दोस्रो ओभरमा उहाँले दुई विकेट लिएका थिए । उहाँले चार ओभरमा ३९ रन खर्चिए। सन्दीपले चार ओभरमा मात्र २२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए ।

पारस खडका विकेटविहीन बन्न पुगेपनि उहाँले तीन ओभरमा मात्र सात रन खर्र्चिए । पवन सर्राफ दुई ओभरमा १७ रन खर्चिए । सुशन भारीले तीन ओभरमा २६ रन खर्चिदा प्रमुख बलर करण केसीले चार ओभरमा २९ रन खर्चेर एक विकेट लिए ।

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  ३ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]