फागुन २१ को आमसभा स्थगित, प्रचण्ड मात्रै झापा आउने
बिर्तामोड । सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । मृगौला प्रत्यारोपण गर्ने तयारी भएपछि फागुन २१ को कार्यक्रममा प्रधानमन्त्री ओली नआउने पक्का भएको नेकपाका युवा नेता शिव ढुङ्गेलले जानकारी दिए ।

पूर्व निर्धारित फागुन २१ को कार्यक्रममा दुवै अध्यक्ष सहित पार्टीका महासचिव विष्णु पौडेल र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ झापा आउने निश्चित भएको थियो ।
आज सोमवार पार्टीको १ नं. प्रदेश कमिटीको बैठक चलिरहेको नेता ढुङ्गेलले इजलासलाई बताएका छन् । यसैगरी फागुन २० गते (भोली) प्रदेस स्तरीय प्रशिक्षण र २१ गते सुखानी सदाहत स्थलमा गत वर्ष जस्तै श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तयारी भएको नेकपा झापाले जनाएको छ ।
प्रदेशको प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने निश्चि भएको छ । आज चलिरहेको प्रदेश बैठकले प्रचण्डलाई नै श्रद्धाञ्जलि सभाको कार्यक्रममा लैजाने तयारी गरेको बुझिएको छ । यसअघि फागुन २१ मा बिर्तामोडमा आमसभा गर्ने कार्यक्रम तय भएको थियो । सो कार्यक्रम रद्द भएको छ ।