जेष्ठ ८, २०८२ बुधबार

उत्पीडित अधिकार मञ्चको अध्यक्षमा पोर्तेल

बिर्तामोड । दलित अधिकारको क्षेत्रमा क्रियाशिल संस्था उत्पीडित अधिकार मञ्च (ओरिफ) नेपालको अध्यक्षमा सागर पोर्तेल चयन भएका छन् । उनी हल्दिवारी गाउँपालिकाका कार्यपालिका सदस्य एवम् प्रवक्ता हुन् ।

बुधबार बिर्तामोडमा भएको भेलाले उपाध्यक्षमा तारा बोगटी, सचिव तिलक गजमेर , सहसचिवमा प्रदीप परियार र कोषध्यक्षमा निता घतानीलाई चयन गरिएको निवर्तमान अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिए । यस्तै ओरिफको सदस्यहरुमा रोहित तोलाङ्गी, मिना सिन्च्युरी, हर्क बिक र प्रदिप गजमेरलाई चयन गरिएको मंग्रातीले बताए । उनका अनुसार झापाको १५ वटै स्थानीय तहमा संस्थाको प्रतिनिधि तोकिएको छ ।

भेलाले पूर्वअध्यक्ष सोमनाथ पोर्तेल,टिकाराम मंग्रातीसहित टिका बयलकोटी र हर्कमाया विकलाई सल्लाहकार बनाएको छ ।
१७ वर्षअघि स्थापना भएको ओरिफ नेपालले जिल्लाको दलित अधिकारको क्षेत्रका काम गर्दै आएको थियो ।

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]