बुद्धिचालमा भारतीय खेलाडीको वर्चश्व
काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा प्रतियोगिताको दोस्रो उच्च रेटेड खेलाडी भारतका हरिश शर्मा , राकेश गुरुङ्ग, रिशभ निशाद , किरण साई ,सम्राट घोराई र नेपालका कृष्ण थापा ४ अकं सहित संयूक्त रुपमा शिर्ष स्थानमा पुगेका छन् ।

राम्रो प्रदर्शन गरिहेका हरिशले चौथो चरणको खेलमा पूर्व नेपाल च्याम्पीयन नविन तण्डुकारलाई पराजित गरे भने तेस्रो चरणको खेलमा भारतका हिलाल मण्डललाई निरास पारे । राकेशले तेस्रो चरणको खेलमा पाँचथरका महेन्द्र साम्वाहाम्फेलाई र चौथो चरणमा भारतकै प्रशान्त कटियारलाई पन्छाएका थिए भने रिसभले तेस्रो चौथो चरणको खेलमा पूर्व नेपाल च्याम्पीयन सूरविर लामा र झापाका सुमन श्रेष्ठलाई हराउन सफल भए ।
चौथो चरणका खेलमा भारतका रोहन चौधरीमाथि जीत हात पारेका किरणले तेस्रो चरणको खेलमा महेन्द्र शाह माथि सफलता हात पारे भने सम्राटले तेस्रो र चौथो चरणको खेलमा झापाका प्रेम लिम्बू र भारतका सम्यक दासलाई पराजित गरे ।
नेपालमा सम्पन्न भएको एसियन एमेच्योर विजेता खेलाडी कृष्णले तेस्रो चरणको खेलमा भारतका विकास आनन्दलाई पराजित गरेका थिए भने चौथो चरणको खेलमा हरिचन्द्र चौलागाई माथि जीत निकाले ।
नेपालका सुमित पन्त ,युवराज पौडेल र भारतका अंकित दास ३.५ अकं जोडि संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् । सुमितले तेस्रो चरणको खेलमा भारतका आकाश तिवारीलाई हराएका थिए भने चौथो चरणको खेलमा युवराज पौडेलसँग वरावरी खेली अंक बाँडे । उदयीमान खेलाडी युवराजले तेस्रो चरणको खेलमा राम शंकर राईमाथि सहज जीत हात पारेका छन् ।
नाइट चेस क्लव काँकरभिट्टा झापाको आयोजनामा जारी प्रतियोगितामा प्रकाश नेपाल , क्रिश केडिया , राघव श्रीवास्तव , राज लिम्वु , विकास निसाद ,नविन तण्डुकार ,विकास मैनाली राजन सुवेदी ,सुमन राई, ज्वाला लिम्वु , लोकसागर साम्वा ,उमेश राई र प्रेम लिम्वु ३ अंक सहित तेस्रो स्थानमा रहेका छन् । प्रतियोगितामा भारतीय खेलाडिको वर्चश्व देखिएको छ ।