स्वास्थ्य बीमा गर्न महिला अगाडि
बिर्तामोड । स्वास्थ्य बीमा कार्यक्रममा पुरुषको भन्दा महिला सहभागिता धेरै रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

सातै प्रदेशमा पुरुषभन्दा धेरै महिलाले स्वास्थ्य बीमा गरेको बोर्डको तथ्याङकमा उल्लेख छ । हालसम्म देशभर २६ लाख ७७ हजार ७ सय ३३ जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डको तथ्याङक अनुसार हालसम्म प्रदेश १ मा ३ लाख ८६ हजार ५ सय ६४ जना महिलाले स्वास्थ्य बीमा गरेका छन् भने ३ लाख ५३ हजार ५५ जना पुरुषले बीमा गराएका छन् । प्रदेश २ मा ३७ हजार १ सय ३९ महिला र ३६ हजार ५ सय २ जना पुरुषले स्वास्थ्य बीमा गराएका छन् ।
यस्तै, बाग्मती प्रदेशमा २ लाख ९७ हजार ५ सय १५ जना महिला र २ लाख ७७ हजार ७ सय ५७ जना पुरुषले बीमा गरेको बोर्डले जनाएको छ । गण्डकी प्रदेशमा २ लाख ६ हजार ४ सय ७४ महिला र १ लाख ८२ हजार ८७ जना पुरुषले स्वास्थ्य बीमा गरेका छन् ।
प्रदेश नं. ५ मा २ लाख ३२ हजार ९ सय २५ महिला र २ लाख ७ हजार ५ सय ७४ पुरुषले बीमा गरेको बताइएको छ । यसैगरी कर्णाली प्रदेशमा १ लाख ६ हजार ९ सय २१ महिला र १ लाख ४ सय ७१ जना पुरुषले बीमा गरेका छन् । सूदुरपश्चिम प्रदेशमा १ लाख ४० हजार ७ सय ७ महिला र १ लाख २३ हजार ६ सय ५७ जना पुरुषले बीमा गरेको बोर्डको तथ्याङकमा उल्लेख गरिएको छ ।
झापामा हालसम्म ३ लाख ६ हजार ४ सय ७४ जनाले स्वास्थ्य बीमा बोर्ड झापा शाखाकी प्रमुख लक्ष्मी कणेलले जानकारी दिएकी छन् । त्यसमध्ये प्रदेश १ मा ७ लाख ३६ हजार ८ सय ८७ जनाले बीमा गरेका छन् । महिलाको संख्या ३ लाख ८५ हजार २ सय ५ जना रहेको छ । उनका अनुसार झापामा ०७४ असोज २५ देखि बीमा कार्यक्रम सञ्चालन भएको हो ।