असार १९, २०८२ बिहीबार

धनकुटा सेमिफाइनलमा

अर्जुनधारा । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पाखा लगाउँदै धनकुटा जिल्ला फुटबल संघ यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली धनकुटाले ४–३ गोलअन्तरमा पराजित गर्दै दनकुटाले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । निर्धारित ७० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा धनकुटाकी असारा दाहाल, अन्जना थुलुङ, सुसिला चौधरी र सुस्मिता राई गोल गर्न सफल भइन् ।

पारिजातकी सुस्मिता लेप्चा, निलु तिर्की र रिमा तामाङले मात्र गोल गरिन् । बद्लिँदो मौसमका कारण झरीमाझ खेलाडीले प्रतिस्पर्धा गर्न बाध्य थिए । खेलको वुमन अफ दी म्याच पारिजातकी रिमा तामाङ घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार  ८ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]